भक्तपुर : सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले बालकोट स्वास्थ्य चौकीको नवनिर्मित भवनको एक कार्यक्रमको बीच उद्घाटन गर्नु भएको छ ।

नगर प्रमुख थापा र वडा नंं २ का वडाध्यक्ष प्रदीप कार्कीले संयुक्र रुपमा सोमबार आयोजित एक कार्यक्रमका बीच बालकोट स्वास्थ्य चौकी क्लिनीक सेवा विस्तारका लागि नवनिर्मित भनवको उद्घाटन गर्नु भएको हो ।

सो अवसरमा बोल्नुहुँदै नगर प्रमुख थापाले नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा विशेष जोड दिएर अगाडि बढिरहेको बताउनुभयो ।

नगरपालिकाको आफ्नै नगर अस्पताल निर्माण भएर हजारौले सेवा लिइसकेको बताउँदै नगर प्रमुख थापाले दोस्रो कार्यकालमा नगरबासीलाई स्वास्थ्य सेवाको पहुँच सुनीश्चित गर्न लापिरेको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा नगर उपप्रमुख सरिता तिमिल्सिना भट्टराई, वडा नंं २ का वडाध्यक्ष प्रदीप कार्की, स्वास्थ्य शाखा प्रमुख बसन्त चापागाईलगायत जनप्रतिनिधिहरुको सहभागिता थियो । कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख पुण्य प्रसाद काफ्ले, वडा जनप्रतिनिधिहरु जनार्दन खडका, प्रजुन तिखत्री, कल्पना खतिवडा, रन्जिता तिखत्री, पूर्व गाविस अध्यक्ष शिबराम श्रेष्ठलगायतको पनि सहभागिता थियो ।

प्रकाशित | ४ भाद्र २०८०, सोमबार २०:२१