श्रीमती हत्या आरोपमा श्रीमानसहित तीन जना पक्राउ

कपिलवस्तु : कपिलवस्तुको बाणगङ्गा नगरपालिका–८ बालापुरमा स्थानीय २१ वर्षीया सुनिता थारूको हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुनिताको हत्या गरी फालिएको अवस्थामा घर नजिकैको बाणगङ्गा खोला किनारमा आज बिहान शव फेला परेको हो ।

हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले मृतक सुनिताका श्रीमान् २१ वर्षीय सुरेश थारूसहित तीन जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले जानकारी दिनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको पुडासैनीले बताउनुभयो ।


प्रकाशित | १६ बैशाख २०७६, सोमबार १०:१८