‘मिस नेपाल २०२०’ प्रतियोगिताको मिती सर्यो

काठमाडौं :  कोभिड १९ को संक्रमणलाई मध्यनजर गर्दै नेपाल सरकारले सम्पूर्ण सिनेमा हल, सांस्कृतिक केन्द्र, म्युजियम र मनोरञ्जन स्थललगायत बन्द गर्न आग्रह गरे पश्चात ‘मिस नेपाल २०२०’ प्रतियोगिताको मिति सरेको छ ।

आयोजक ‘द हिडन ट्रेजर’ले बिहीबार बैठक बसी आगामी वैशाख १८ गते सम्मका लागि प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको हो । नयाँ मिस नेपालका लागि धनगढी, नेपालगञ्ज, बुटवल, पोखरा, चितवन, वीरगञ्ज, धरान र बितामोर्डमा अडिसन सकिसकेको छ ।

मिस नेपालको फाईनल आगामी वैशाख ३ मा राजधानीको अन्नपूर्ण होटलमा आयोजना हुने तय गरिएको थियो ।


प्रकाशित | १० चैत्र २०७६, सोमबार १२:०७