देशभरको मौसम बिहीबार सम्म सफा रहने

काठमाडौं:  देशभरको मौसम बिहीबारसम्म सफा रहने भएको छ । बुधबार र बिहीबार देशभरी कै मौसम सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रिमनसुन कमजोर भएकाले देशभरी कै मौसम सफा हुने देखिएको तर बेलुकीपख पूर्वी पहाडी भेगको एक–दुई ठाउँमा स्थानीय वायुको प्रभावले मेघगर्जनसहित हल्का पानी पर्ने अनुमान महाशाखाको छ । शुक्रबार भने पश्चिमी वायु प्रवेश गरेर मौसम बदली हुनेछ ।


प्रकाशित | २५ बैशाख २०७६, बुधबार ०८:०६