अफ्रिकामा बारा र पर्साका आधीबेरी पीडितलाई थप सहयोग जुटदै

नाइजेरिया : एनआरएनए नाइजेरियाले आज बारा र पर्साका आधी पीडितलाई रु एकलाख एकतिस हजार सहयोग पठाए पछि एनआरएनए केन्याले सहयोग रकम पठाएको छ । एनआरएनए केन्द्रीय कार्यालय काठमाडौंमा सोका लागि २३ हजार ३ सय १२ रुपैया सहयोग जम्मा गरेको केन्याका अध्यक्ष कृष्ण दत्त भट्टले जानकारी गराउनुभयो ।

त्यसैगरी, एनआरएनए युगान्डाले पनि राहात संकलन शुरु गरेको छ । युगान्डा स्थित संघका आइसीसी सदस्य जीबनाथ पगेनीका अनुसार युगान्डाका उधोगी डा. सुधीर रुपारेलियाले अमेरिकी डलर १३५१ लगभग एक लाख पचास हजार ने रुपैयाँ सहयोग गर्नु भएको छ । अन्य सहयोग उठने क्रम जारी छ


प्रकाशित | २६ चैत्र २०७५, मंगलवार २१:४७