सूर्य चिन्ह नपाए आँधिबेहरी ल्याउने प्रचण्डकाे धम्कीमा घाेत्लिँदा…

सूर्य थापा

०००
आँधी त आउँछ, आउँछ !
विगतमा उपद्रव मच्चाउन सफल
माओवादी आन्दाेलन २२ टुक्रा बनाउन सफल
देशमा अस्थिरता र उत्पात मच्चाउन सफल,
सत्र हजार नागरिककाे जीवनहरण गर्न सफल
देशलाई ५० बर्ष पछाडि धकेल्न सफल
०००
लाख काेसिस गरे पनि-
न राज्यसत्ता कब्जा गर्न सफल,
न सरकार कब्जा गर्न सफल,
न पार्टी कब्जा गर्न सफल,
न जनमत हासिल गर्न सफल,
सूर्य चिन्ह कब्जा गर्ने धक्कु नलार भाे त ? –
००
तर विचरा,
जुरेलीका छाेराले बाँसकाे टुप्पो पुतुक्क नुगाएँ भनेजस्तै,
जुरेलीले छाेरालाई भनेकै हाे – “हाे बाबै जिउ देखी पत्याएँ !”
न नयाँ जनवाद आयाे,
न जातीय राज्य भयाे,
दाहाल परिवारमा त सबथाेक आयाे,
छाेरी मेयर,बुहारी मन्त्री र ज्वाइँ सल्लाहकार
गच्छेअनुसार सबैलाई नियुक्ति
याेग्यताले लाज मान्नुपर्ने छानीछानी पद
अब एउटै उद्देश्य र लक्ष बाँकी रह्यो ,
सूर्य चिन्ह नपाए आँधिबेहरी नै आउँछ ?
०००
हाे त नि बितेका ७७ बर्ष ह्वाँ सूर्य चिन्ह लिएरै
चुनाव जित्दैजित्दै आउनु भएकाे
मान्छे त अनुभवी नै हाे,
छाेरी जिताउन सूर्यमै परेकाे मत च्यातेकाे हाे,
गठबन्धनकाे एउटा बुँदा सूर्य चिन्हकै थियाे,
दुई दिनमै भंग गरेकै हाे,
दस लाख मत बदरकाे ढाेका उघारेकै हाे,
२१ जना सांसद जित्न राेकेकै त हाे !
बत्ती निभाएर मत गणना गरी
सिरहा र भरतपुरमा जितेकाे घाेषणा गरेकाे
मान्छे त सूर्य चिन्हधारी उल्टाे महानुभवी नै हाे !
०००
अनि उहाँकै माेहियानी हक त लाग्ने नै छ !
दुई जना अर्दली बनेकाहरूले
सूर्य चिन्हमा चुनाव लडेकाे हकभाेग छँदैछ
तब न हाम्ले सूर्य चिन्ह नपाए
आँधिबेहरी ल्याउनु परेन ?
आँधिबेहरी आउनु परेन ?
आँधी आउँछ, आउँछ !
(याे कविता हाेइन, तर सञ्जालमा भेटिएकाले अज्ञातकाे याे रचना घत लागेर प्रस्तुत गरेकाे मात्रै हाे)


प्रकाशित | २९ पुष २०७७, बुधबार ०९:०३