भक्तपुरकी सरु जोशीलाई ब्युटिसियन ट्यालेन्टको ताज

काठमाडौं : भक्तपुरकी सरु जोशीले ब्युटिसियन ट्यालेन्ट नेपाल २०१९ सिजन– २ को उपाधि जित्नु भएको छ । रोज सीप विकास तालिम केन्द्र, रोज ब्युटिपार्लर एन्ड ट्रेनिङ सेन्टर र विलक्षण क्रियसनले आयोजना गरेको प्रतियोगितामा जोशीले मोस्ट स्मार्टको उपाधिसहित ५५ हजार रुपैयाँबराबरको बैंकक टुर, एक महिनाको एंकरिङ कोर्सलगायत विभिन्न उपहार जित्नुभयो ।

प्रतियोगितामा फस्ट रनरअप कविता लामा, सेकेन्ड रनरअप र बेस्ट स्माइल मुना श्रेष्ठ हुनुभयो । उहाँहरुलाई चार रात, पाँच दिन बैंकक बसाइको सुविधासहित विभिन्न उपहार प्राप्त प्राप्त गर्नुभयो । सशस्त्र प्रहरी बल प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले यस्ता प्रतियोगता महिला सशक्तीकरणका लागि आवश्यक भएकामा जोड दिनुभयो । प्रतियोगितामा इमिका श्रेष्ठले पब्लिक च्वाई, मोस्ट पन्चुअल, सरस्वती न्यौपानेले बेस्ट स्टाइलिस्ट, हेमा अवस्थीले मोस्ट बोब्ली, समिता महर्जनले बेस्ट पर्सनालिटी, कल्पना खड्काले बेस्ट फिगर, हिमाला पुनले मोस्ट लोयल, विभिन्न भट्ट ढकालले ब्युटिफुल र सोसियल मिडिया अवार्ड जित्नुभयो ।

त्यस्तेै, निकिता कुसुवारले बेस्ट हेयर, सविना महर्जनले बेस्ट स्किन, जमुना पनेरूले मस्ट सिभिलिटी, सुरती बरालले मोस्ट चार्मिङ, शारदा राहुमगरले बेस्ट आइज, वीरजा खड्काले बेस्ट नेल आर्ट, रूपा बस्नेतले मल्टिमिडियासँगै मेकअप र हेयर स्टाइल, विजेता प्रजापति श्रेष्ठले बेस्ट क्याटवाक, सीमा श्रेष्ठले बेस्ट ड्रेस र फोटोजेनिक अवार्ड पाए। यस्तै मनिता बस्नेतले इन्नोसेन्ट, श्रीदेवी महर्जनले मोस्ट ट्यालेन्ट, शर्मिला गुरुङले डिसिप्लिन, सावित्री तामाङले फ्रेन्डली, मीना कुमारीले एक्ट्रा अर्डिनरी, रशा अधिकारीले मोस्ट इन्टेलिजेन्ट प्राप्त गर्नुभयो ।

रोज सीप विकास तालिम केन्द्रकी अध्यक्ष सोनी कारञ्जितले ब्युटिसियन महिलाको व्यक्तित्व विकास, प्रतिभा प्रस्तुतिका एक वर्षदेखि यो प्रतियोगिता आयोजना गरिएको जानकारी गराउनुभयो ।


प्रकाशित | ३० चैत्र २०७५, शनिबार १४:३०