मंसिर ४ गते संघ र प्रदेशको चुनाव गर्ने मन्त्रिपरिषद्‌को निर्णय

काठमाडौं : सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको हो ।

त्यस्तै, सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ४ मंसिरमा गर्ने घोषणा पछि शुक्रबारदेखि मतदाता नामावली संकलन स्थगित हुने भएको छ ।


प्रकाशित | १९ श्रावण २०७९, बिहीबार १५:०८