गैर आवासीय नेपालीको लगानी रहेको दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनाको सुरुङ खन्ने काम सुरु

काठमाडौं – पश्चिम म्याग्दीको दरबाङमा निर्माणाधीन २५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाको सुरुङ खन्ने काम सुरु भएको छ । दरबाङको कमेरेमा अडिट नम्बर १ को सुरुङ खन्न सुरु गरिएको हो ।

नेपाली सेनाको निगरानी तथा व्यवस्थापनमा विस्फोटक पर्दाथको प्रयोग गरी मुख्य सुरुङमा पुग्ने सहायक सुरुङ खन्न थालिएको निर्माण कम्पनी धौलागिरि हाइड्रो लिमिटिडले जनाएको छ ।

म्याग्दीको मालिका गाउँपालिकामा गैर आवासीय नेपालीसहितको लगानीमा निमार्ण भइरहेको २५ मेघावाटको दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनाको आइतबार शिलान्यास भएको हो ।

This image has an empty alt attribute; its file name is 1-1024x485.jpg

धौलागिरी कालिका हाइड्रोपावरले निर्माण गरिएको आयोजनाको सुरुङमार्गको शिलान्यास श्री पंचमी तथा सरस्वति पुजाको दिन पारेर पुजापाठसहित गरिएको हो । म्याग्दीखोला आयोजनामा स्थानीयबासी, प्रवासमा रहेका म्याग्देलीका साथै गैरआवासीय नेपालीहरुको लगानी रहेको छ ।

गैर आवासीय नेपाली संघ दक्षिण कोरियाका पूर्व अध्यक्षसमेत रहनु भएका धौलागिरी कालिका हाइड्रोका अध्यक्ष विनोद कुँवरले स्थानीयसहितको लगानीमा निमार्ण हुन लागेको आयोजना समयमा नै सम्पन्न हुने बताउनु भयो ।

This image has an empty alt attribute; its file name is 2-1024x485.jpg

नेपाली सेनाको निगरानी र व्यवस्थापनमा विष्फोटक पदार्थको प्रयोग गरी सुरुङमार्ग खन्न थालिएको छ । सुरुङमार्ग सिलान्यास कार्यक्रममा मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका, धौलागिरी कालिकाका अध्यक्ष विनोद कुँवरले गर्नुभएको थियो ।

५ अर्व १५ करोडमा निमार्ण गर्न लागिएको आयोजनामा ३० प्रतिशत संस्थापक र साधारण शेयर रहेकोमा ७० प्रतिशत वित्तिय संस्थाको रहने जनाइएको छ । सानिमा बैंकको प्रमुख लगानी रहेको आयोजनाको अबको डेड बर्षमा आईपीयो निस्काशन गर्ने लक्ष्य रहेको अध्यक्ष कुँवरले जानकारी दिनु भयो ।

This image has an empty alt attribute; its file name is 3-1024x485.jpg

अध्यक्ष कुँवरले भन्नु भएको छ, ‘आयोजना स्थानीय सहितको लागानीमा निर्माण हुने साझा आयोजना भएकोले कोहि लगानी गर्न छुटेको वा किस्ता बुझाउन बाँकि हुनुहुन्छ भने आउदो फागुन मसान्तसम्म संस्थापक सरह लगानी गर्न पाइने अवसर छ ।’ आयोजनाको आवासगृह, साइट अफिस तथा अन्य भौतिक संरचना निमार्ण सम्पन्न भइसकेको छ ।

विदेशी लगानी स्वदेशमा भित्र्याउनदेखि स्वदेश तथा विदेशमा सफल व्यवसाय गर्दै आउनु भएको कुँवरल कोरियाको प्रख्यात चाउचाउ सिनलाम्यानलाई नेपाल भित्र्याएर बिक्रिबितरण गरिरहनु भएको छ भने आगामी दिनमा स्वदेशमा नै उक्त चाउचाउ उत्पादन गर्ने योजना पनि बताउनु भएको छ ।

This image has an empty alt attribute; its file name is 4-1024x485.jpg

त्यस्तैगरि, कुँवरले श्री न्यु एभरेष्ट डिष्टीलरी उद्योग प्रालि, वि.जे. इन्भेष्टमेण्ट नेपालको सहकार्यमा नेपालमा नै दक्षिण कोरियामा सबैभन्दा बढी लोकप्रिय मदिराजन्य हल्का पेय पदार्थ ‘सोजु’ उत्पादन सुरु गरिसक्नु भएको छ ।


प्रकाशित | २४ माघ २०७८, सोमबार १८:१०