लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिनुभएको छ । पोखरेलले प्रदेश प्रमुखको कार्यालयमा राजीनामा बुझाउनुभएको हो ।

विपक्षीको निवेदनको आधारमा आज विशेष अधिवेशन बस्नुअघि मुख्यमन्त्री पोखरेलको राजीनामा दिनुभएको हो । यससँगै लुम्बिनीमा नयाँ सरकार गठनको बाटो खुलेको छ ।

वैशाख ६ मा पोखरेलविरुद्ध कांग्रेस–माओवादीसहितका दलले अविश्वास प्रस्ताव ल्याएका थिए । मुख्यमन्त्री पोखरेललाई विश्वासको मत जित्न ४१ सांसद आवश्यक पर्छन् । एमालेको कुल सांसद संख्या पनि ४१ नै छ । यद्यपी माधव नेपाल पक्षका सांसदले ‘फ्लोर क्रस’ गर्ने डरले पोखरेलले राजीनामा दिनुभएको हो ।  प्रदेशसभामा अहिले ८१ सदस्य सांसद छन् ।


प्रकाशित | १९ बैशाख २०७८, आईतवार १०:०७