ओलीका साइवर सेना र अरिगांलका गोलाहरुले केही गर्न सक्दैनन्, सत्य र न्याय हाम्रो पक्षमा छ : माधव नेपाल

काठमाडौं । नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको कडा आलोचना गर्नुभएको छ ।ओलीका साइवर सेना र अरिगांलका गोलाहरुले केही गर्न नसक्ने बताउँदै सत्य र न्याय आफनो पक्षमा रहेको अध्यक्ष नेपालले बताउनुभयो ।

‘अहिले ओलीका साइवर सेना सक्रिय रहेको सुनेको छु, तिनीहरुले केही गर्न सक्दैनन्, अरिगांलको गोला र झुसिल किराहरुले केही गर्न सक्दैनन् । सत्य र न्याय हाम्रो पक्षमा छ’, अध्यक्ष नेपालले प्रेस संगठन नेपालकोको राष्ट्रिय भेलाई सम्बोधन गर्दै भन्नुभयो ।

संसद् विघटन भइसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको हैसियत के हो ? भन्दै अध्यक्ष नेपालले थप्दै भन्नुभयो, ‘प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि उहाँको हैसियत के ? हामीले त यो संसद् विघटन मानेकै छैनौं ।’ उहाँले ओलीलाई कि कामचलाउ प्रधानमन्त्री भन्न कि कुर्सी छोड्न चेतावनी पनि दिनुभयो ।

‘कि काम चलाउ भन्नुस् कि तत्काल कुर्सी छोड्नुस्’ नेपालले भन्नुभयो, ‘तर उहाँ छोड्नु हुन्न । भ¥याङ बनाउनु हुन्छ । पार्टी, म र प्रचण्डलाई पनि भर्‍याङ बनाउनु भयो । केपी ओलीमा चरम व्यक्तिवाद छ । सानो कोटरीमा रमाउनु हुन्छ । यहि गुटवादी र अलोकतान्त्रिक संस्कारकाविरुद्ध आन्दोलन गरिरहेका छौँ । ओली पद छाड्न चाहँदैनन्, भ्रमको खेती गर्न खप्पिस् छन् । एक दिनमा तीन जनालाई तीन३ पद दिने ।’


प्रकाशित | ६ माघ २०७७, मंगलवार १६:४६