कतारमा श्रम कानून उल्लङ्घन गर्ने दर्जनौ म्यानपावर कम्पनीको इजाजतपत्र रद्द

दोहा – कतारमा श्रम कानून उल्लङ्घन गरेको आरोपमा दर्जनौ कम्पनीहरुको इजाजतपत्र रद्द गरिएको छ । कतारका श्रम मन्त्री डा अलि बिन सामिख अल मारीले श्रम कानून उल्लङ्घन गर्ने दर्जनौ कम्पनीहरुको इजाजतपत्र रद्द गरिएको बताउनु भयो ।

श्रम मन्त्री अल मारीले अन्तर्राष्ट्रिय यातायात मजदुर महासंघ (आईटीएफ) को प्रतिनिधिमण्डलसँग देशको श्रमिक अधिकार प्रयासहरू अभिवृद्धि गर्ने उपायहरू बारेमा आयोजित छलफलमा सो कुरा बताउनु भयो ।

महासंघले विश्वभर कामदारहरूको अधिकार सम्बन्धी चेतना जगाउने र कुनै पनि खतरा विरुद्ध ऐक्यबद्धता जनाउने काम गर्दै आएको छ ।

खाडी राष्ट्रको श्रम कानून सुधार गर्ने उद्देश्यले आईटीएफका अधिकारीहरूले कतारको धेरै पटक भ्रमण गरिसकेका छन् ।

आइटीएफका कानुनी सल्लाहकार रुवान सुबासिङ्घेले पछिल्लो भ्रमणपछि मुलुकमा धेरै सुधार देखे पनि थप काम भने गर्नुपर्ने बताए ।

उनले श्रमिकहरूलाई डिएससी निर्णय बिना श्रमिक सहायता, बीमा कोषमा पहुँच गर्न अनुमति दिएकोमा कतारको प्रशंसा पनि गरे ।

डिसेम्बरमा मात्रै कतारको एमओएलले काम गर्ने घण्टा, तलब र अन्य उल्लङ्घनहरू समावेश गरी २,००० हजारभन्दा बढी श्रमिकका उजुरीहरू प्राप्त गरेका थिए ।

यसैबीच, देशले हालैका हप्ताहरूमा कम्पनीहरूले श्रम कानूनको पालना गरिरहेको सुनिश्चित गर्न धेरै निरीक्षणहरू पनि जारी राखेको छ । कानूनको उल्लङ्घन गर्नेहरूलाई इजाजतपत्र निलम्बन गरिएको जनाइएको छ । गत महिना २० भन्दा बढी म्यानपावर कम्पनीले लाइसेन्स लिएका थिए

कतारले २०२१ मा यस क्षेत्रमा पहिलो गैर भेदभावरहित न्यूनतम ज्याला लागू गर्नेलगायतका प्रमुख श्रम सुधारहरू गरेको छ।

नयाँ कानून अनुसार रोजगारदाताहरूले न्यूनतम मासिक आधारभूत ज्याला १,००० क्युएआर भन्दा माथि, खानाका लागि कम्तीमा ३०० क्युएआर र आवासका लागि ५०० क्युएआर भत्ता दिनुपर्नेछ। नयाँ कानूनको पालना नगर्नेलाई एक वर्ष जेल र १०,००० क्यूएआर जरिवाना हुन सक्छ।

साथै, खाडी राष्ट्रले विवादास्पद काफाला वा प्रायोजन प्रणालीलाई पनि खारेज गरेको छ।


प्रकाशित | २० फाल्गुन २०७८, शुक्रबार १३:३२