लिभरपुलको घरमा बार्साको लज्जास्पद हार

काठमाडौं : आफ्नो घरमा स्पेनिस बार्सिलोनाविरुद्ध चमत्कारिक जित निकाल्दै लिभरपुल युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलप्रवेश गरेको छ । सेमिफाइनलको दोस्रो लेगको खेलमा लिभरपुलले बार्सिलोनामाथि ४–० को सानदार जित निकाल्दै फाइनल प्रवेश गरेको हो ।

अघिल्लो लेग लिभरपुल बार्सिलोनाको घरमा ३–० ले हारे पनि आफ्नो घरमा पुनरागमन गर्दै ४–० को जित निकालेर समग्रमा ४–३ को जितसहित फाइनल प्रवेश गरेको हो । यससँगै बार्सिलोना लगातार चौथो वर्ष पनि च्याम्पियन्स लिगबाट आउट भएको छ ।


प्रकाशित | २५ बैशाख २०७६, बुधबार ०३:०८