ट्यांकरको ठक्करबाट सुन्धारामा युवतीको मृत्यु

काठमाडौं: सुन्धारास्थित काठमाडौं मल नजिक ट्यांकरले मोटरसाइकललाई ठक्कर दिदा एक युवतिको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक केसीका बुवा रामशरण केसी पनि गम्भीर घाइतेभएका छन्।

दुर्घटना लगत्तै दुबै जनालाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको भए पनि सुनिताको उपचारको क्रममा ज्यान गएको र बुवा रामशरणको भने उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।मोटरसाइकललाई ठक्कर दिने ट्यांकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रकाशित | ३ जेष्ठ २०७६, शुक्रबार १३:४४