राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा सहभागि, साँझ ६ बजे सपथ

काठमाडौं । मन्त्रालयको टुंगो लागेपछि जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष सरकारमा सहभागि हुने भएको छ । मन्त्रालयको टुंगो लगाएसँगै सरकार साँझ ८ बजे सपथ कार्यक्रम राखिएको छ ।

वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा राजपा सरकारमा सहभागि हुन लागेको हो । महतो उपप्रधान तथा शहरी विकास मन्त्रीसहित सरकारमा सहभागि हुन लागेका हुन । मन्त्री बन्नेमा महतोसहित शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, एकवाल मियाँ, विमल श्रीवास्तव, उमाशंकर अरगरिया र रेणुका गुरुङ, चन्द्रकान्त चौधरी रहेका छन् ।

स्रोतका अनुसार राजेन्द्र महतो, उपप्रधानमन्त्री तथा सहरी विकास, शरद सिंह भण्डारी, ऊर्जा तथा जलस्रोत, अनिल झा खानेपानी तथा सरसफाई, लक्ष्मणलाल कर्ण भूमि व्यवस्था तथा सहकारी, बिमल श्रीवास्तव, श्रम तथा रोजगार, उमाशंकर अरगरिया, वन तथा वातावरण चन्दा चौधरी, महिला तथा बालबालिका, एकवाल मियाँ, युवा तथा खेलकूद, चन्द्रकान्त चौधरी, ऊर्जा राज्यमन्त्री, रेणुका गुरुङ महिला बालबालिका राज्यमन्त्रीमा सपथ न् ।


प्रकाशित | २१ जेष्ठ २०७८, शुक्रबार १७:३१