सञ्जय साई स्कुलले जित्यो प्रथम सूर्यविनायक राष्ट्रपति रनिङ शिल्डको उपाधि (फोटोफिचर)

भक्तपुर : प्रथम सूर्यविनायक नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सञ्जय साई विद्या मन्दिर स्कुलले हात पारेको छ । सूर्यविनायक नगरपालिका ४ स्थित मोर्डन स्कुलको प्रांगणमा आयोजित समापन समारोहमा उपाधि जित्न सफल सञ्जय साई स्कुललाई १० हजार नगद सहित नगर प्रमुख बासुदेव थापाले शिल्ड हस्तान्तरण गर्नु भयो ।

This image has an empty alt attribute; its file name is IMG_1888-1024x683.jpg

प्रतियोगिताका विभिन्न १३ विधामा विजेता विजयी खेलाडी तथा उपाधि विजेता विद्यालयलाई नगरप्रमुख थापाले शिल्ड, पदक, ट्रफी र प्रमाणपत्र प्रदान गर्नुभयो । प्रतियोगितामा विभिन्न २४ विद्यालयका ५ सय भन्दा बढी खेलाडी सहभागि थिए ।

This image has an empty alt attribute; its file name is IMG_1923-1-1024x683.jpg

सो अवसरमा मन्तब्य राख्नुहुँदै मेयर बासुदेव थापाले खेलमा हार जीत जे भए पनि भाग लिनु नै ठूलो कुरा भएको बताउनुभयो । मेयर थापाले नगरपालिकाले विकास निर्माणका साथ साथै खेलकुदलाई पनि अगाडि बढाउँदै लगेको र आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो । साथै मेयर थापाले खेल भब्य र सब्य रुपमा सम्पन्न्न भएकोमा सबैमा धन्यवाद पनि ब्यक्त गर्नुभयो ।

This image has an empty alt attribute; its file name is IMG_1892-1024x683.jpg

खेल आयोजक समितिका संयोजक तथा सूर्यविनायक नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाले सबैको सहयोगले प्रतियोगिता सम्पन्न गर्न सफल भएकोमा खुसी ब्यक्त गर्नुभयो ।

This image has an empty alt attribute; its file name is IMG_1898-1024x683.jpg

कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापा, विभिन्न वडाका वडाध्यक्षहरुका साथै जनप्रतिनिधिहरुको पनि सहभागिता थियो ।


प्रकाशित | २८ माघ २०७९, शनिबार २१:१३