यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाण्डौ : मौसम पूर्वानुमान महाशाखाले देशका केही पहाडी भेगको मौसम आंशिकदेखि सामान्य बदली हुने जनाएको छ । अरु ठाउँको मौमस भने सामान्यतया सफा रहने महाशाखाको भनाइ छ । तर मनसुन पूर्वको समय भएकाले बेलुका तिर भने सामान्य हावाहुरी र पानी पर्नसक्ने सम्भावना छ ।  यस्तै केही दिन अलि कम भएको देशको तापक्रम आजदेखि फेरी विस्तारै बढ्न सुरु हुने मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो । आज काठमाडौको अधिकतम तापक्रम २६ डिग्रि सेल्सियसदेखि २८ डिग्री सेल्सियसको हाराहारीमा रहनेछ ।


प्रकाशित | २२ बैशाख २०७६, आईतवार ०९:००