नेक्सस् एजुकेशनल कन्सल्टेन्सीको आठौँ वार्षिकोत्सवमा एजुकेशनल एड्मिसन डे को आयोजना

काठमाडौँ  -गुणस्तरीय शैक्षिक परामर्श प्रदान गर्ने उद्देश्यका साथ स्थापित नेक्सस् एजुकेशनल कन्सल्टेन्सीले आफ्नो स्थापनाको आठौ बार्षिकोत्सब मनाइरहँदा यसै साता फेब्रुअरी २ तारीख देखि ६ तारिख सम्म डिल्लीबजारमा अबस्थित आफ्नै कार्यालयमा एजुकेशनल एड्मिसन डे को आयोजना गरेको छ।

बिषेशत बिध्यार्थीहरूलाई बिभिन्न शैक्षिक गन्तव्य हरूको बारेमा एकै समयमा जानकारी प्रदान गराउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको स्थापित नेक्सस् एजुकेशनल कन्सल्टेन्सीका मेनेजीङ डाइरेक्टर बिष्णु खड्काले जानकारी गराउनु भयो। कार्यक्रममा युके एजुकेसन सिस्टम, कोर्स, फिइस्ट्क्चर र स्कलरसीपको बारेमा जानकारी गराउन नेक्सस् एजुकेशनल कन्सल्टेन्सी युकेका प्रतिनिधि प्रदीप पौडेलले परामर्श प्रदान गर्नु भएको थीयो।

त्यस्तै अष्ट्रेलियन एजुकेशन सिस्टम, सिड्नी, मेल्बर्न, ब्रिसबेन र गोल्डकोष्टमा अबस्थित आफ्ना बिभिन्न क्याम्पस अष्ट्रेलियन स्कुल अफ एकाउन्टीङ, क्वीन्सल्यान्ड इन्स्टिच्युट अफ बिजिनेस एण्ड एकाउन्टीङ, ब्राइटन कलेजका बारेमा कलेजका बिजिनेस डेभलपमेन्ट मेनेजर मुकेश भण्डारीले उपस्थित बिध्यार्थीहरूलाई जानकारी गराउनु भएको थीयो।

बेष्टर्न अष्ट्रेलियाको पर्थमा रहेको स्ट्यानली कलेज र स्कील्स् अस्ट्रेलिया इन्स्टिच्युटको बारेमा कलेजका रिजनल रिक्रूटमेंट मेनेजर अभिमन्यु देवकोटाले बिध्यार्थीहरूलाई आवश्यक परामर्श प्रदान गर्नु भयो।

साथै कार्यक्रममा क्यानडामा अवस्थित युनिभर्सिटी क्यानडा वेष्टकी बिजिनेस डेभलपमेन्ट एग्जुकेटीभ श्रद्धा कुइकेलले युनिभर्सिटी क्यानडा वेष्ट, क्यानडियन एजुकेशन सिस्टम र अध्ययनको अवसरका बारेमा जानकारी गराउनु भएको थियो ।


प्रकाशित | २१ माघ २०७९, शनिबार ०८:३०