किराँत समुदायले उभौली पर्व मनाउँदै

काठमाडौं : किराँत समुदायले आज उभौली पर्व मनाउँदैछन् । उभौली पर्व किराँत समुदायभित्रका राई, लिम्बु, सुनुवार र याक्खा जातिको मुख्य पर्व मानीन्छ । वसन्त ऋतुमा लगाइएको अन्नबाली सप्रियोस्, दाना राम्रो लागोस् र खाद्यान्नको अभाव नहोस् भन्दै यो चाड मनाउने गरिएको छ । उभौलीका अवसरमा साकेला चण्डी नाच प्रदर्शन गरिन्छ । किराँत समुदायमा सबैलाई सुख शान्ति एवं सुस्वास्थ्यको कामना र दैविप्रकोप खेप्नु नपरोस् भन्दै चण्डी नाच्ने प्रचलन पनि छ । उभौलीका दिन प्रकृति, देवीदेवता र भूमीको पूजा गरिन्छ ।


प्रकाशित | ४ जेष्ठ २०७६, शनिबार ११:११