सूर्यविनायक नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक: कृषि, शिक्षा, पर्यटन र पूर्वाधारलाई विशेष प्राथमिकता

भक्तपुर: भक्तपुरको सूर्यविनायक नगरपालिकाले आफ्नो आगामी आर्थिक वर्ष २०७६र०७७ को नीति तथा कार्यक्रम सोमबार सार्वजनिक गरेको छ । भक्तपुरमा आयोजित नगरपालिकाको ५ औं नगरसभामा नगरप्रमुख बासुदेव थापाले आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।
नगरसभामा पेश भएको यो नीति तथा कार्यक्रममाथि बन्दसत्रमा छलफल हुने र सभावाट पारित गर्ने कार्यक्रम छ । मुलुकको नयाँ संरचना अनुसार बनेका ७५३ स्थानीय तहमा जननिर्वाचित प्रतिनिधि आएको पनि दुई बर्ष समय वितिसकेको छ । यसै सन्दर्भमा अहिले थुप्रै स्थानीय तहले आगामी आवका लागि नीति तथा कार्यक्रम नगरसभामा पेश गरिरहेका छन् । ।

‘कृषि, शिक्षा, पर्यटन र पूर्वाधार स् सूर्यविनायक समृद्धिको मूल आधार’ भन्ने नारासहित नगरप्रमुख थापाले सार्वजनिक गर्नुभएको यो नीति तथा कार्यक्रममा संघीय तथा प्रदेश सरकारको विकासको लक्ष्य, उघेश्य प्राप्त गर्न समन्वय, सहयोग र सहकार्य गर्दै स्थानीय अर्थतन्त्रको विकास र विस्तारवाट समृद्धिको आधार निमार्णमा महत्पूर्ण भूमिका निर्वाह गर्ने उल्लेख छ । स्थानीय जनतामा कृषि, शिक्षा, स्वास्थ्य, विद्युत, खानेपानी तथा सरसफाई लगायतका सार्वजनिक सेवा सुविधाको प्रत्याभूति गर्दै सरकारी, निजी, गैरसरकारी, सामुदायीक क्षेत्रसँगको सहकार्य गर्ने नीति यो नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । कृषि प्रणालीको आधुनिकीकरण, आयमा वृद्धि, उत्पादन तथा उत्पादोकत्व वृद्धि, सामुहिक खेती प्रणालीमा जोड दिने नीति नगरपालिकाले लिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना तथा कृषि तथा पशु ज्ञान केन्द्रसँग समन्वय र सहकार्यमा नगरपालिकाले लागत साझेदारी गर्दै धान, तरकारी, आलु, फलफूल र पुष्प व्यवसाय पकेट क्षेत्र घोषणा गरि कृषकको आय वृद्धि गर्ने नीति पनि लिएको नगरप्रमुख थापाले जानकारी दिनुभयो । जमिन बाँझो राख्ने जग्गा धनीलाई कारवाही गर्ने, नगर क्षेत्रका खेतीयोग्य जमिनमा सिंचाइको व्यवस्था गर्ने, कृषि उपज केन्द्र निमार्ण एवं सञ्चालन गर्ने नगरपालिको नीति रहेको उल्लेख गरिएको छ ।

यस्तै, शिक्षा, युवा तथा तथा खेलकुद पूर्वाधारतर्फ सबैका लागि गुणस्तरीय शिक्षा, सूर्यविनायक नगरपालिकाको प्रतिवद्धता भन्ने नीति नगरपालिकाले अवलम्वन गरेको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख बासुदेव थापाले जनाउँनुभयो । यस्तै, कक्षा ९ देखि प्राविधिक शिक्षामा प्रोत्साहन गर्ने, स्वास्थ्य तथा खेलकुदमा जोड दिने नीति पनि नगरपालिकाले लिएको छ ।

धर्म संस्कृति, पर्यटन र विज्ञान, जैविक विविधता सहित राष्ट्रिय प्राणी उद्यान, विकासको मुल आधार वातावरण दिगो पूर्वाधार, सडक यातायात पूर्वाधार, तीव्र छिटो विकासको आधार लगायतका नारा सहित नगरपालिकाका प्रमुख थापाले ५ औ नगरसभामा १३० वुँदे नीति तथा कार्यक्रम पेश गर्नुभएको छ । हनुमन्ते करिडोरको व्यवस्थापन गर्ने, एकीकृत योजना वस्ती विकास गर्ने, व्यवस्थित सहर निमार्ण गर्ने, स्वस्थ र सफा सहरको परिकल्पना पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

सोमबारको नगरसभामा संघीय सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, संघीय संसदका सांसद महेश वस्नेत, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्र, मध्यपुर थिमी नगरपालिकाकी उपमेयर अञ्जनादेवी मधीकर्मी लगायतले सूर्यविनायक नगरपालिकाले ल्याएको नीति तथा कार्यक्रममाथि शुभकामना व्यक्त गर्नुभएको थियो ।


प्रकाशित | ९ असार २०७६, सोमबार १६:०१