राष्ट्रका नाममा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवा

काठमाडौं –  प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्दै हुनुहुन्छ । देउवाले अपरान्ह ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम छ ।

गत असार २९ गते प्रधानमन्त्री बन्नु भएको देउवाले ६ महिना पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्न लाग्नु भएको हो । साथै कोरोना महामारीको संकट, स्थानीय तहको निर्वाचन वा संघीय चुनावको विषयमा चर्चा भइरहँदा देउवाले सम्बोधन गर्न लाग्नु भएको हो ।


प्रकाशित | ७ माघ २०७८, शुक्रबार १२:३६