परीक्षामा सोधिने सामान्य ज्ञान

सुमन खड्का

१. प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत हाल कतिवटा जिल्लामा सुपरजोन कार्यक्रम सञ्चालन भएका छन् ?

  • १४ वटा (नोट – परियोजनाअन्तर्गत सञ्चालित सुपरजोन कार्यक्रमहरूमा झापा, कपिलवस्तु र बर्दियामा धान, धनुषा र बारामा माछा, काभ्रेपलाञ्चोक र डडेलधुरामा आलु, सिन्धुलीमा जुनार, कास्कीमा तरकारी, दाङमा मकै, जुम्लामा स्याउ, स्याङ्जामा सुन्तला, कैलालीमा गहुँ र गुल्मीमा कफी खेती रहेका छन्)

२.TAT केसँग सम्बन्धित छ ?

  • मनोवैज्ञानिक परीक्षण (नोट – Thematic Apperception Test  र कुनै व्यक्तिको व्यक्तित्व, बौद्धिकता, दबेर रहेको इच्छा, भावना आदिबारे जानकारी लिन गरिने मनोवैज्ञानिक परीक्षण

३. मध्यतराईमा धानको बिउ राख्ने र रोपाइँ गर्ने वेला खेतधनी साहुलाई डोरीले बाँधेर दक्षिणा उठाउने परम्परालाई कुन परम्परा भनिन्छ ?

  • हरफरउली

४. राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष ०७६/७७ को वार्षिक नीति तथा कार्यक्रम संघीय संसद्मा कहिले पेस गर्नुभयो?

  • वि.सं. ०७६ वैशाख २० 

५. नेपालसँग दौत्य सम्बन्ध कायम राख्ने १६५औँ राष्ट्र कुन हो ?

  • Equatorial Guinea (नोट – २०१९ अप्रिल ३० मा नेपालसँग दौत्य सम्बन्ध कायम भएको हो)

६. सातौँ जुनियर ब्याटल २०१९ को उपाधि कसले हात पारिन् ?

  • अनु भण्डारी (तोरन स्कुल) (नोट – पुरस्कार १ लाख रुपैयाँ प्राप्त)

७.नेपालको इतिहासमा प्रथमपटक ‘जनसंख्या सम्मेलन’ कहिले भयो ?

  • २०७१ जेठ २२–२४ (नोट – सम्मेलनको विकास योजनाका लागि जनसंख्याको सञ्चार भन्ने नारा रहेको थियो)

८. ‘सिहंदरबारमा नीति निर्माताको आँखा सामुन्नेको भित्तामा देशको सबैभन्दा विपन्नको फोटो झुन्ड्याउनु र नीति बनाउँदा त्यो मान्छेको परिवार कसरी समृद्ध हुन सक्छ भन्ने सोचेर योजना निर्माण गर्नु’ यो भनाइ कसको हो ?

  • विश्वेश्वरप्रसाद कोइराला

९.गण्डकी प्रदेशले विकास निर्माणका योजनाको जानकारी एवं अनुगमनका लागि ‘बार रुम’ कहिलेबाट सञ्चालनमा ल्यायो?

  •  २०७५ फागुन ४ बाट (नोट – बार रुम युएनडिपीको सहयोगमा सञ्चालन गरिएको हो)

१०. चर्चित उपन्यास ‘मैदारो’का लेखक को हुन् ?

  • भूपिन

११. ब्लुमबर्ग हेल्दिएस्ट कन्ट्री इन्डेक्स २०१९ अनुसार विश्वकै सबैभन्दा स्वस्थ देश कुन हो ?

  •  स्पेन (नोट – उक्त सूचीमा नेपाल ११०औँ स्थानमा पर्न सफल भएको छ)

१२.पुरातात्विक महत्वको ‘कर्कले गुफा’ कुन जिल्लामा रहेको छ ?

  • दोलखाको बैतेश्वर गाउँपालिका

१३. काठमाडौं विश्वविद्यालयका विद्यार्थीले तयार गरेको तीनपांग्रे कारको नामकरण के गरिएको छ ?

  • जुनकिरी

१४.हालै नेपालमा बालविवाहमुक्त घोषणा गरिएको पहिलो गाउँपालिका कुन हो ?

  • ग्रामथान गाउँपालिका (मोरङ)

१५. Belt and Road Initiative (BRI) को दोस्रोे अन्तर्राष्ट्रिय सम्मेलन कहिले भयो ?

  • २०७५ फागुन १४–१५ (२०१९ अप्रिल १६–१७) (नोट – उक्त सम्मेलन Belt and Road Initiative : Nepal connecting the world, Benefit and challenge विषयमा छलफल भएको थियो)

१६. संघीय संरचनाअनुसार नेपालको प्रशासनिक नक्सा कहिले सार्वजनिक भयो ?

  • २०७५ फागुन २३

१७. जापानी सम्राट अकिहितोले स्वेच्छाले कहिलेबाट आफ्नो राजगद्दी त्यागे ?

  • २०१९ अप्रिल ३०

१८. ० डिग्री अक्षांश रेखालाई कुन रेखा भनिन्छ ?

  • भूमध्यरेखा

१९. सगरमाथा आरोहण गर्ने पहिलो ओमानी नागरिक को हुन् ?

  • खालिद अल सियाबी (नोट – सियाबीको २०१९ मे २ मा निधन भएको हो)

२०. श्रीलकांले लन्च गरेको पहिलो स्याटेलाइटलाई के नामकरण गरिएको छ ?

RAAVANA-1

२१.आफ्नो उपग्रहले विपरीत दिशाबाट परिक्रमा गर्ने ग्रह कुन हो ?

  • बरुण

२२. विश्वमा सबैभन्दा बढी आयकर लाग्ने देश कुन हो ?

  • बेल्जियम (४०.७ प्रतिशत)

२३. युटुबमा हालिएको सबैभन्दा पहिलो भिडियो कुन हो ?

  • Me at the Zoo

२४. चर्चित साहित्यकार जर्ज बर्नार्ड सा कुन देशका नागरिक हुन् ?

  • आयरल्यान्ड   

नयाँ पत्रीका दैनीक


प्रकाशित | ७ जेष्ठ २०७६, मंगलवार १०:५१