स्ट्डी नर्दन टेरिटरी द्धारा इन्फर्मेसन सेसनको आयोजना

काठमाडौंको -स्ट्डी नर्दन टेरिटरी अष्ट्रेलियाले गत साता फेब्रुअरी १० तारिख काठमाडौंको अलफ्ट होटलमा स्ट्डी इन नर्दन टेरिटरी इन्फर्मेसन सेसनको आयोजना गरेको छ।

उक्त कार्यक्रममा नेपालका शैक्षिक परामर्श प्रदायक संस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिती रहेको थीयो। उक्त कार्यक्रममा स्ट्डी नर्दन टेरिटरी उद्योग, पर्यटन र ब्यापारकी डाइरेक्टर लार्नी बेटनले उपस्थित शैक्षिक परामर्श प्रदायकहरू सामु नर्दन टेरिटरीमा रहेको अवसरको बारेमा जानकारी गराउनु भएको थीयो ।

उक्त कार्यक्रममा सिड्नी सिटी कलेज अफ म्यानेजमेन्ट अन्तर्गतको डार्विन सिटी कलेजकी सिईओ रञ्जु थापा वाग्लेले आफ्नो कलेजको बारेमा जानकारी गराउनु भयो। त्यस्तै डार्विनमा अबस्थित क्यान्टवरी इन्स्टिच्युट अफ म्यानेजमेन्टका प्रतिनीधी पौरख श्रेष्ठले आफ्नो संस्था सिड्नी, मेल्बर्न र डार्विनमा रहेको र हायर एजुकेशनमा राम्रो स्थान ओगटेको जानकारी गराउनु भयो।

त्यस्तै अष्ट्रेलियन सिटी ईन्टरनेशनल कलेज डार्विनले प्रदान गर्ने शैक्षिक गुणस्तरका बारेमा कलेजका सिइओ नरेश थापाले परामर्श ब्याबसायीहरूलाई जानकारी गराउनु भयो।


प्रकाशित | १ फाल्गुन २०७९, सोमबार १८:५६