रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

काठमाडौँ : सर्वोच्च अदालतको फैसलापछि पदमुक्त बनेका रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिनु भएको छ ।लामिछानेले शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा बुझाउनु भएको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा लामिछाने ११ पुसमा उपप्रधानसहित गृहमन्त्री बनेका बन्नु भएको थियो । शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछाने गैरनागरिक ठहर गर्दै सांसद पद खारेज गरिदिएको थियो ।


प्रकाशित | १३ माघ २०७९, शुक्रबार १९:२९