एनआरएनएद्धारा कोरोना भाईरस बिरुद्द लड्न सरकारद्वारा गठित राहत कोषमा १ करोड सहयोग गर्ने निर्णय

काठमडौं : गैर आवासीय नेपाली संघले कोरोना भाईरसको संक्रमण महामारी बिरुद्द लड्न नेपाल सरकारद्वारा गठित केन्द्रीय राहत कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

संघका प्रबक्ता डिबी क्षेत्रीका अनुसार गैरआवासीय नेपाली संघको आइतबार बसेको ७२ औं बैठकले प्रधानमन्त्री राहत कोष मार्फत् १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय भएको हो । मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले शुरुमा सरकारको तर्फबाट ५० करोड रुपैयाँ राखेर कोष खडा गरेको थियो ।

संघले कोरोना संक्रमितको सहयोगार्थ अध्यक्ष कुमार पन्तको अध्यक्षतामा एक उच्चस्तरीय समिति र त्यसमातहत संघका कोषाध्यक्ष महेशकुमार श्रेष्ठको संयोजकत्वमा राहतकोष संकलन उपसमिति र उपाध्यक्ष डा. बद्री केसीको संयोजकत्वमा भौतिक सामग्री सहयोग संकलन उपसमिति गठन गरेको छ ।

संघले विश्वभर छरिएका आफ्ना शाखामार्फत् कोरोना संक्रमित नेपालीको तथ्यांक संकलनको तयारी समेत गरेको छ ।

 

 


प्रकाशित | ९ चैत्र २०७६, आईतवार २१:५७