युरोकपको क्वाटरफाइनल समीकरण पूरा

एजेन्सी । युरोपको विभिन्न ११ शहरमा जारी १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ । राउण्ड अफ १६ अन्तर्गत मंगलबार राति स्विडेन र युक्रेनबीचको खेलसँगै अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो ।

उक्त खेलमा स्विडेनलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै युक्रेन क्वाटरफाइनलमा पुग्न सफल भयो । यस पटक बेल्जियम, इटाली, स्पेन, स्विट्जरल्यान्ड, डेनमार्क, इंग्ल्यान्ड, चेक रिपब्लिक र युक्रेनले अन्तिम आठमा स्थान बनाएका छन् ।

तर, साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स जस्ता ठुला टिम राउण्ड अफ १६ बाटै बाहिरिएका छन् । अन्तिम आठको खेलहरु शुक्रबारबाट सुरु हुनेछ ।

क्वाटरफाइनल समीकरण :

शुक्रबार राति ९:४५ बजे – स्विट्जरल्यान्डविरुद्ध स्पेन

शुक्रबार राति १२:४५ बजे – बेल्जियमविरुद्ध इटाली

शनिबार राति ९:४५ बजे – चेक रिपब्लिकविरुद्ध डेनमार्क

शनिबार राति १२:४५ बजे – युक्रेनविरुद्ध इंग्ल्यान्ड


प्रकाशित | १६ असार २०७८, बुधबार ०९:५६