सूर्यविनायकका मेयर बासुदेव थापाद्धारा चित्रपुर सामुदायीक भवनको शिलान्यास

भक्तपुर : सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले चित्रपुर सामुदायिक भवन निर्माणको शिलान्यास गर्नु भएको छ । मेयर थापाले बिहीबार आयोजित एक कार्यक्रमकाबीच सूर्यविनायक नगरपालिका वडा नं. ४ मा अवस्थित चित्रपुर सामुदायीक भवनको शिलान्यास गर्नु भएको हो ।

This image has an empty alt attribute; its file name is 4-768x1024.jpg

सो अवसरमा मेयर थापाले आफ्नो पहिलो कार्यकालमा १२२ वटा बैठक सर्वसम्मत सम्पन्न गरेर ‘राजनीतिमा प्रतिस्पर्धा र विकास निर्माणमा ऐक्यवद्धता’ भन्ने अभियान सफल बनाएको र दोस्रो कार्यकाल पनि निर्विवाद र एकताका साथ विकास निर्माणमा एकजुट भएर अगाडि बढिरहेको बताउनुभयो ।

This image has an empty alt attribute; its file name is 1-3-1024x768.jpg

निर्वाचनमा विभिन्न राजनीतिक दलहरुबीच प्रतिस्पर्धा हुने भए पनि सूर्यविनायक नगरपालिकामा सबैको एकमत हुने गरेकोमा खुसी ब्यक्त गर्नुभयो । नगरपालिकाले विकास निर्माणमा ठूलो फड्को मारे पनि अधूरा योजना पूरा गर्न बाँकि रहेकाले सोही अनुसार आफू लागिपरिरहेको स्पष्ट पार्नुभयो ।

This image has an empty alt attribute; its file name is 3-1-1024x768.jpg

शिलान्यास कार्यक्रममा सूर्यविनायक नगरपालिका उपमेयर सरिता तिमिल्सिना, वडा नंं ४ का वडाध्यक्ष लछुराम न्यौपाने, स्थानीय जनप्रतिनिधिहरुलगायत उपभोक्ता समिति तथा स्थानीयको सहभागिता थियो । कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष रामशरण प्रजापतीको सभापतीत्वमा सम्पन्न भएको थियो ।


प्रकाशित | १२ माघ २०७९, बिहीबार १९:४५