पहिरोका कारण नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

चितवन :  पहिरोको कारण नारायणगढ –मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । गए राित आएको वर्षाका कारण दुई ठाउँमा पहिरो जाँदा सडक एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरी कार्यालयका अनुसार राति १० बजे यो सडकखण्डको जलविरे र पाँचकिलो भन्ने स्थानमा पहिरो गएको थियो । अहिले पहिरो पन्छाउने काम भइरहेको छ । पहिरो पन्छाउन तीन घन्टा लाग्ने प्रहरीले जनाएको छ ।


प्रकाशित | १९ जेष्ठ २०७६, आईतवार ११:११