विमला राई पौड्याल: राष्ट्रपतिको विज्ञ सल्लाहकारदेखि राष्ट्रियसभा सांसद हुँदै परराष्ट्रमन्त्रीको जिम्मेवारी

एनआरएनएमा शुद्धीकरणको आसा

काठमाडौं:  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्मा विमला राई पौड्यालले परराष्ट्रमन्त्रीको जिम्मेवारी समाल्नु भएको छ । पौड्याललाई प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्मा बौद्धिक मन्त्रीको रुपमा लिइएको छ । उसो त यसअघिका परराष्ट्रमन्त्री विवादै विवादका बीच बिदाई भएपनि परराष्ट्रमा पौड्यालको आवागमले भने खुसीको सञ्चार छाएको छ ।

२०७२ सालमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा राष्ट्रिय योजना आयोगमा नियुक्ति हुनु भएको पौड्याल त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीको विज्ञ सल्लाहकारको रुपमा नियुक्त हुनु भयो । राष्ट्रपतिको विज्ञ सल्लाहकार रहँदै उहाँलाई राष्ट्रपतिबाट पाँच वर्षअघि राष्ट्रियसभा सदस्य मनोनीत गरिएको थियो ।

राष्ट्रियसभामा मनोनीत भएपछि चिठ्ठा प्रणालीबाट पहिलो चरणमा पदावधि निर्माण गर्दा ६ वर्षे कार्यकाल पार्न सफल हुनु भएको पौड्यालको कार्यकाल सकिन अब एक वर्षमात्रै बाँकी छ ।

उहाँले नेदरल्याण्डको इन्ष्टिच्युट फर सोसल साइन्सबाट ‘विकास अध्ययन’ मा विद्यावारिधि गरेकी पौडेलले संयुक्त अधिराज्यको म्यानचेस्टर विश्वविद्यालयबाट विकास प्रशासनमा पोस्ट ग्र्याजुएट डिप्लोमा र अर्थशास्त्र तथा व्यवस्थापनमा स्नातकोत्तर तह पूरा गर्नु भएको छ ।

त्यस्तै, त्रिभुवन विश्वविद्यालयबाट कृषि अर्थशास्त्रमा स्नातक तह पूरा गरेको पनि अनुभव उहाँसँग छ । नेदरल्याण्डबाट पढाइ सकेर नेपाल आएपछि उहाँ एमालेनिटक भई अहिले एमालेको केन्द्रीय सदस्यको भूमीकामा हुनुहुन्छ । हाल कृषि तथा वनविज्ञान विश्वविद्यालयमा सहायक प्रोफेसरको रूपमा विकास अध्ययन विषय अध्यापनरत हुनुहुन्छ ।

यता गैर आवासीय नेपाली वृत्तमा भने नयाँ मन्त्रीको आवागमनसँगै गैर आवासीय नेपाली संघ (एनआरएनए) भित्र देखिएको विभाजन र राजनीतिकरण अन्त्य भई एनआरएनए शुद्धीकरण र एकता हुने आसा पलाएको छ ।

नेपालका विभिन्न सरकारी निकायलगायत बहुपक्षीय आर्थिक सहायता निकाय र गैरसरकारी संस्थाहरूमा काम गरेको अनुभव छ । उहाँले रिकफ नेपालमा सन् २०११ देखि २०१७ र ओपन सोसाइटी फाउन्डेशनको सन् २०१६ देखि २०१८ सम्म यूएन ओमन इन नेपालमा रही कार्य गर्नु भएको छ ।

सन् २०१६ देखि २०१८ सम्म यूएन ओमनको लागि प्राङ्गारिक कृषिसम्बन्धी उच्चस्तरीय कार्यदल र नागरिक समाजको सल्लाहकार समूह सदस्यको भूमिका निर्वाह गर्नुभएको थियो ।

त्यस्तैगरि, लैंगिक मूल प्रवाहीकरण, सामाजिक समावेसीकरण, जलवायु अनुकूलित कृषि, प्राकृतिक स्रोत प्रशासन, प्रकोप जोखिम न्यूनीकरण र भूकम्पपछिको पुनर्निर्माणसम्बन्धी अध्ययन गर्नु भएको छ भने सो विषयहरूमा उहाँका थुप्रै प्रकाशनहरू रहेका छन् ।

यता गैर आवासीय नेपाली वृत्तमा भने नयाँ मन्त्रीको आवागमनसँगै गैर आवासीय नेपाली संघ (एनआरएनए) भित्र देखिएको विभाजन र राजनीतिकरण अन्त्य भई एनआरएनए शुद्धीकरण र एकता हुने आसा पलाएको छ ।

परराष्ट्र मन्त्रीको शपथ ग्रहणपछि मन्त्रालयमा पदभार सम्हाल्दै मन्त्री पौडेलले जनतामा परराष्ट्र मन्त्रालयले दिने सेवा र सुविधालाई सहज बनाउन पहिलो प्राथमिकता दिने बताउनुभएको छ ।

परराष्ट्रमन्त्री भएर परराष्ट्र मन्त्रालयबाट जनतामा प्रवाह हुने सेवालाई प्रभावकारी तुल्याउने, विदेशी कूटनीतिक नियोगहरूसँगको सहकार्य र नेपालका विभिन्न देशमा रहेका राजदूतावासमा नेपालीको सहज पहुँच बनाउने तीन कामलाई प्राथमिकता दिने उहाँको भनाइ छ ।

परराष्ट्र मन्त्रालयबाट जनतामा प्रवाह हुने सेवाको प्रवाहलाई प्रभावकारी तुल्याउने आफ्नो पहिलो प्राथमिकता रहेको मन्त्री पौडेलले बताउनुभयो । नेपालको हितमा सम्झौता नगरीकन आफूले विदेशी कूटनीतिक नियोगहरूसँग समन्वय गर्ने बताउनुभयो । पौड्यालले नेपालको परराष्ट्र नीतिलाई स्थिर बनाउन आफूले प्रयास गर्ने बताउनुभयो ।


प्रकाशित | ३ माघ २०७९, मंगलवार १९:३२