उपत्यकामा ९ सहित थप १५० जनामा कोरोना संक्रमण, ६०९ जना संक्रमणमुक्त

काठमाडौं : नेपालमा पछिल्लो २४ घन्टामा थप १५० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ३ हजार ९६१ जनाको परीक्षण गरिएकोमा १५० जनामा कोरोना संक्रमण देखिएको हो । यो सहित नेपालमा संक्रमितको संख्या १७ हजार ९ सय ९४ जना पुगेको छ।

मंगलबार थप ६०९ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १२ हजार ४ सय ७७ जना उपचारपछि निको भएका छन् ।

त्यस्तै, काठमाडौं उपत्यकामा पनि ९ जना संक्रमित देखिएका छन् । काठमाडौंमा ८ जना र ललितपुरमा १ जना संक्रमण देखिएको प्रवक्ता गौतमले जानकारी गराउनुभयो ।


प्रकाशित | ६ श्रावण २०७७, मंगलवार १६:४१