पोखरामा यति विमान दुर्घटना: ६४ जनाको शव फेला

पोखरा : पोखरामा भएको यति एयरलाइन्सको दुर्घटनामा अहिलेसम्म ६४ जनाको शव फेला परेको छ । कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार अहिलेसम्म ६४ जनाको शव फेला परेको हो ।

एसपी केसीले ३० वटा शव निकालेर अस्पताल पुर्‍याइसकिएको र ३४ वटा शव खोंचमा भेटिएको बताउनुभयो । बाँकि शव तीन सय मिटर गहिरो खोंचमा भएकाले शव निकाल्न कठिन भएको बताउनुभयो ।

मृतकमध्ये ५ जनाको सनाखत भएको केसीले जानकारी दिनुभयो । शव फेला परेका मध्ये अहिलेसम्म कोही पनि जीवित नभेटिएको पनि बताउनुभयो । जहाजमा ४ जना चालक दलका सदस्यसहित ७२ जना सवार थिए।

जहाजमा ५७ जना नेपाली र १५ जना विदेशी रहेका खुलेको छ । जहाजमा रहेका ६८ जना यात्रुमध्ये ५३ जना नेपाली यात्रु, चार जना चालक दलका सदस्य गरी ५७ जना नेपाली नागरिक थिए ।

यस्तै पाँच जना भारतीय र चार जना रसियन, कोरियाका दुई जना, आयरल्यान्ड, अस्ट्रेलिया, अर्जेन्टिना र फ्रान्सका एकरएक जना नागरिक रहेका नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो ।


प्रकाशित | १ माघ २०७९, आईतवार १५:३३