भ्रमण वर्षमा चीनबाट मात्र ५ देखि १० लाख पर्यटक नेपाल भ्रमणमा आउनेछन् : आनन्द पोखरेल

काठमाडौं : पूर्व पर्यटनमन्त्री आनन्द प्रसाद पोखरेलले नेपाल भ्रमण वर्ष–२०२० सफल हुने विश्वास ब्यक्त गर्नुभएको छ । पूर्वमन्त्री पोखरेलले भ्रमण वर्ष भव्य रुपमा सफल हुने विश्वास ब्यक्त गर्नुभयो ।

पोखरेलले सरकारले भ्रमण वर्षलाई सफल तुल्याउनको लागि सुरुदेखि नै सक्रिय रुपमा काम गरेको बताउँदै भ्रमण वर्ष सफल हुने बताउनभयो । ,‘सन् २०१६ मा म पर्यटनमन्त्री हुँदा भ्रमण वर्षको कामले गति लिएको थियो । मेरो पालामा मैले २०१६ देखि २०२६ सम्मको एक दशकको पर्यटन रणनीति बनाएको थिएँ । त्यो स्विकृतपनि भएको थियो ’, उहाँले भन्नुभयो । उहाँले उक्त पर्यटन रणनीतिलाई परिमार्जन गरेर अघि बढ्नुपर्ने सुझाव समेत दिनुभयो ।

सरकारले सन् २०३० सम्मको लागि दिगो विकासको लक्ष्य लिएको बताउँदै उहाँले पर्यटन विकासलाई पनि सोहीसँग जोड्नुपर्ने धारणा राख्नुभयो । उहाँले नेपालको विकास र समृद्धिको आधार कृषि, जलस्रोतमात्रै नभएर पर्यटनपनि मुख्य आधार भएको सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘पर्यटनलाई अब विदेशी मुद्रा आर्जनको माध्यम बनाउनुपर्छ ।’

उहाँले अहिलेपनि नेपालका ४६ जिल्लामा खाद्यान्न अभाव रहेको सुनाउनुभयो । ,‘कृषिलाई जबरजस्त निर्यातमुखी बनाउनुपर्छ । नग्दे बालीको रुपमा रहेका कफी, चियाजन्य अर्गानिक उत्पादनलाई निर्यात गर्नुपर्छ ’, उहाँले भन्नुभयो । पर्यटनको विकासको लागि सबैन्दा पहिले पर्यटकीय गन्तव्य बनाउनुपर्ने, राम्रो हस्पिटालिटी र सुरक्षाको प्रवन्ध गर्नुपर्ने उहाँले बताउनुभयो । नेपालमा एक सय वा डेढ सयमात्रै पर्यटकीय गन्तव्य नभएर ७ सय ५३ वटै गाउपालिकामा पर्यटकीय गन्तव्य बनाउनुपर्ने पनि उनले सुझाव समेत दिनुभयो ।

प्रत्येक जनतालाई पर्यटनसँग जोड्नुपर्ने उहाँको सुझाव छ । उहाँले भन्नुभयो, ‘यसको लागि स्थानीय र प्रदेश सरकारले विशेष ध्यान दिएर काम गर्नुपर्छ ।’ नेपाल ऋगवेदको उद्गमस्थल भएको सुनाउँदै उहाँले विश्वमा यो चीज कुनैपनि देशमा नभएको बताउनुभयो । रिपोर्टस क्लवमा बोल्दै उहाँले थप्दै भन्नुभयो, ,‘त्यस्तै बुद्ध दर्शनको उत्पत्तिपनि नेपालमा नै भएको हो । बुद्ध नेपालमा जन्मिएको मात्रै होईन, विश्वमै यो दर्शन नेपालमै उत्पत्ति भएको हो ।’ उहाँले सगरमाथापनि विश्वमा कहीँ नभएको सुनाउँदै नेपालमा मात्रै रहेको बताउनुभयो ।

उहाँले नेपालमा २० लाखमात्रै नभएर त्योभन्दा पनि धेरै ठूलो संख्यामा पर्यटकहरु नेपाल आउने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेपालमा जे कुराको पनि प्राकृतिक आकर्षण छ । सन् २०२० मा २० लाखमात्रै होईन आधा करोड अर्थात पचास लाख पर्यटक नेपाल आउन सक्छन् ।’ उहाँले केही समयभित्रै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने हुँदा नेपाल आउने पर्यटकको संख्यापनि बढ्ने विश्वास दिलाउनुभयो ।

निजी क्षेत्रले पनि कसैको मुख नताकी पर्यटन क्षेत्रको विकासको लागि काम गर्नुपर्ने उहाँले सुझाव दिनुभयो । विश्वभरि ४ अर्बभन्दा बढि हिन्दूहरु र एक अर्बको हाराहारीमा बुद्धिष्टहरु रहेको सुनाउँदै उनीहरुलाई नेपाल भ्रमणको लागि आकर्षण गर्न सकिए धेरै फड्को मार्न सकिनेपनि पोखरेलको विश्वास छ ।

चिनियाँ पर्यटकहरु नेपाल भ्रमणकोलागि धेरै आउने उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमणको क्रममा गर्नुभएको प्रतिबद्धताअनुसार चिनियाँ नागरिकहरु नेपाल भ्रमण वर्षलाई सफल बनाउन चाहन्छन् । उनीहरु ठूलो संख्यामा नेपाल आउने हाम्रो बुझाई छ । सन् २०२० मा पनि चीनबाट ५ देखि १० लाख चिनियाँ नागरिकहरु नेपाल भ्रमणमा आउनेछन् ।’


प्रकाशित | १६ पुष २०७६, बुधबार ०९:१६