जनसम्पर्क समिति विभागका केन्द्रीय आमन्त्रीत सदस्य प्रधानद्धारा जनसम्पर्क समिति जर्मनीको सभापतिमा उम्मेदवारी घोषणा

ह्यामवर्ग – नेपाली जनसम्पर्क समिति विभागका केन्द्रीय आमन्त्रीत सदस्य तथा ब्यवसायी सुरेन्द्र प्रधानले नेपाली जनसम्पर्क समिति जर्मनीको सभापतिमा उम्मेदवारी घोषणा गर्नु भएको छ । सामाजीक कार्यमा सक्रिय प्रधानले जनसम्पर्क समिति जर्मनीको आगामी कार्यकालको लागि सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नु भएको हो ।

नेपालको तनहु बन्दीपुरमा जन्मिनु भएको प्रधान जर्मनीको ह्यामवर्गमा २४ वर्षदेखि बस्दै आउनु भएको छ । २०५६ सालमा कांग्रेसको क्रियाशील सदस्य बन्नु भएको प्रधान जनसम्पर्क समिति जर्मनीको संस्थापकमध्येको एक हुनुहुन्छ ।

यसअघि जनसम्पर्क समितिको उपाध्यक्षको जिम्मेवारी पनि समालीसक्नु भएको प्रधान कांग्रेसको ११ औ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि हुनुहुन्थ्यो ।


प्रकाशित | ९ मंसिर २०७८, बिहीबार १७:४१