मध्यपुर थिमी नगरपालिकाको बजेट २ अर्ब ९९ करोड ४० लाख

भक्तपुर: मध्यपुर थिमी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि झन्डै ३ अर्ब बराबराको बजेट ल्याएको छ । नगरपालिकाले आर्थिक बर्ष २०८०/८१ को लागि २ अर्व ९९ करोड ४० लाख २९ हजार २ सय रूपैयाँको बजेट विनीयोजन गरेको हो ।

सार्वजनीक बजेट अनुसार आन्तरिक आम्दानी मौज्दात ६३ करोड, राजश्व बाडफाँड संघीय र प्रदेश ३१ करोड २२ लाख ९३ हजार २ सय, समानीकरण प्रदेश सरकार २ करोड २९ लाख ५० हजार, समानस्करण संघीय सरकार २० करोड ८० लाख, सशर्त अनुदान चालु र विशेष संघीय सरकार २६ करोड ६० लाख, सशर्त अनुदान पुँजीगत संघीय सरकार एक करोड ४० लाख, सशर्त अनुदान संघीय समपुरक अनुदान २ करोड ३० लाख, नगद लागत सहभागिता ६० लाख, सशर्त अनुदान प्रदेश सरकार समपुरक अनुदान ३ करोड र सशर्त अनुदान चालु र विशेष अनुदान प्रदेश सरकार ४ करोड ६९ लाख १० हजार आम्दानी हुने उल्लेख छ ।

त्यस्तै, नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालबाट ४४ करोड ४ लाख ३ हजार, कमेरोटार जग्गा एकिकरणबाट ५६ करोड ९१ लाख ५२ हजार, सिन्टीटार जग्गा एकिकरण आयोजनाबाट २१ करोड ८३ लाख २१ हजार, सामाजिक सुरक्षा भक्ताबाट २० करोड र सडक बोर्ड नेपाल ७० लाख आय प्राप्त हुने अनुमान गरिएको छ ।

खर्चतर्फ सशर्त चालु र विशेष अनुदान संघीय सरकार २७ करोड ६० लाख, सशर्त अनुदान पुँजीगत संघीय सरकार १४ करोड, सडक बोर्ड समपुरक र म्याचिङ्ग अनुदान ४६ करोड, प्रशासनिक तथा कार्यालय सञ्चालन खर्च र कार्यक्रम खर्च १८ करोड १९ लाख ६२ हजार, विषयगत कार्यालय र नगरपालिका कार्यक्रम १८ करोड ६४ लाख ६६ हजार, वडा बजेट १ देखी ९ सम्म १८ करोड ९ लाख, सशर्त अनुदान चालु प्रदेश सरकार ४ करोड ६९ लाख १० हजार, सशर्त अनुदान प्रदेश सरकार समपुरक अनुदान ३ करोड, नगरस्तरीय प्रशासनिक भवन तथा वडा प्रशासनिक भवन निर्माण ७ करोड, सार्वजनिक निर्माण खर्च ५२ करोड ९ लाख १५ हजार २ सय र नगद लागत सहभागिता ६० लाख खर्च हुने अनुमान गरिएको छ ।

नगरपालिकाको आठौं नगरसभामा नगरप्रमुख सुरेन्द्र श्रेष्ठले नीति तथा कार्यक्रम र उपप्रमुख विजय श्रेष्ठले बजेट प्रस्तुत गर्नु भएको थियो ।


प्रकाशित | १० असार २०८०, आईतवार २२:४०