एनआरएनए कोषाध्यक्ष साह एसिया भ्रमणमा, विभिन्न एनसिसीसँग अन्तरक्रिर्या गर्दै

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का कोषाध्यक्ष सुनील साह एसिया भ्रमणमा निस्कनु भएको छ । यसअघि यूरोपको भ्रमण सम्पन्न गर्नु भएको साह एसिया भ्रमणमा निस्कनु भएको हो ।

May be an image of 8 people, people standing and indoor

मधेश प्रदेशमा ब्लड बैक बस परियोजनाको संयोजक समेत रहनु भएको साह आगामी कार्यकालका लागि नेतृत्वको दावेदार हुनुहुन्छ ।

May be an image of 5 people, people standing and indoor

विश्वभर छरिएर रहेका एनसिसीमाझ पुगेर साहले एनसिसीको मुद्दा, समस्या र एनआरएनको वर्तमान अवस्थाको विषयमा अन्तरक्रिर्या गदै आउनु भएको छ । साहले एसिया भ्रमणको क्रममा सिंगापुरको सम्पन्न गर्दै मलेसिया र कम्बोडियाको भ्रमण गरिरहनु भएको छ । अन्य विभिन्न एनसिसीमा पनि भ्रमणसँगै अन्तरक्रिर्या हुने जनाइएको छ ।

May be an image of 5 people, people standing, tree and outdoors

एनआरएनए अमेरिकाको निवर्तमान अध्यक्ष साहले आइसिसी कोषाध्यक्ष भएपछि संस्थालाई आर्थिक पारदर्शी र उत्तरदायी बनाउन महत्वपूर्ण भूमीका निर्वाह गर्दै आउनु भएको छ ।


प्रकाशित | ७ पुष २०७९, बिहीबार १९:३६