वैदेशिक रोजगार व्यवसायी संघमा कांग्रेसको क्लिनस्वीप, नेकपाको प्यानल नै पराजित

काठमाडौं: नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा कांग्रेसनिकट लोकतान्त्रिक प्यानल नै विजयी भएको छ। गए राति सम्पन्न संघको निर्वाचनमा अध्यक्षमा विष्णुप्रसाद गैरेसहित प्यानल नै विजयी भएको हो । कांग्रेसनिकट व्यवसायी नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका तर्फबाट गैरेको उमेम्दवारी थियो। अध्यक्षमा बिष्णु प्रसाद गैरेले ३ सय ३० मत ल्याई प्रगतिशील समुहका अध्यक्षका प्रत्यासी सरोजकुमार पोखरेललाई ४८ मतले पराजित गरि निर्वाचित हुनुभएको हो ।

त्यसैगरी प्रथम उपाध्यक्षमा सोही समूहका कमल तामाङ, द्वितीय उपाध्यक्षमा कमलदेव मल्ल, तृतीय उपाध्यक्षमा किशोरकुमार केसी, महासचिवमा सुजित श्रेष्ठ, सचिवमा मेगनाथ भुर्तेल र कोषाध्यक्षमा इन्दिरा गुरुङ विजयी हुनुभएको छ । सदस्यमा दिनेशकुमार रावल, कर्णराज कटुवाल, सुरेन्द्र अर्याल, हर्कबहादुर लिम्बू, विजय लामा, बाबुलाल मगर, केवशराज न्यौपाने, छविलाल भट्टराई, जङ्गबहादुर इजम र लक्ष्मण पौडेल विजयी हुनुभएको छ । जम्मा १७ पदका लागि ३७ जनाको उम्मेदवारी परेको थियो। निर्वाचनमा ६ सय ५८ मध्ये ६ सय २१ मत खसेको थियो।

संघको प्रथम उपाध्यक्षमा ३ सय ८१ मतका साथ हिमारब ओभरसिज प्रा लिका संचालक कमल तामाङ्गले जीत हासिल गर्नुभएको छ । मेनपावर लिंक प्रा. लिका संचालक कमल देव मल्ल द्धितिय उपाध्यक्षमा ३२२ मत, एसआरके नेपाल प्रालिका संचालक किशोर कुमार केसी तृतिय उपाध्यक्षमा ३६० मत सहित बिजयी हुनुभएको छ ।

्त्यस्तैगरि, महासचिवमा एलाईन्स ह्यूमन रिसोर्स प्रालिका संचालक सुजित श्रेष्ठले ३ सय ८८ मत ल्याई प्रगतिशिलका प्रत्यासी रामचन्द्र गिरीलाई १ सय ६८ मतले पराजित गर्नुभयो । श्रेष्ठले यसपटक संघको निर्वाचनमा सबैभन्दा बढी मत प्राप्त गरे भने सबैभन्दा धेरै फरक मतले पनि बिजय भई ब्याबसायिमाझ थप लोकप्रीय बन्नुभयो । सचिवमा निलकमल ह्यूमन रिसोर्स प्रालिका संचालक मेघनाथ भुर्तेलले ३ सय ३३ र कोषाध्यक्षमा सि एस टि सिजन प्रालिकी संचालिका ईन्दीरा गुरुङ्गले ३ सय ६७ मत ल्याई बिजयी हुनुभयो । १ सय ६८ मतका साथ सबैभन्दा बढी मतान्तरले बिजयी हुनेमा कोषाध्यक्ष ईन्दीरा गुरुङ्ग रहनुहुहुन्छ ।

संघको सदस्यपदमा डाईनामिक स्टाफिङ सोलुसन प्रालिका कर्णराज कटुवाल, अल नासिर ओभरसिज प्रालिका दिनेश कुमार राय (राहुल), डस लिंक प्रा लिका सुरेन्द्र अर्याल, ईम्पाईमेन्ट क्रियसन सर्भिस प्रा लिका हर्कबाहादुर लिम्बु, नेपाल रिकुमेन्ट कन्सल्टेन्सी प्रा लिका बिजय लामा, ग्लोबल वेलफेयर एच आर सोलुसन प्रालिका वावुलाल मगर नरेन्द्र, गुगल ओभरसिज सर्भिस प्रा लिका केशवराज न्यौपाने, प्रेष्टिज एच आर सोलुसन प्रा लिका छविलाल भटराई, जंगबाहादुर ईजमएलन ओभरसिज प्रा लिका छविलाल भटराई, त्रिवेणी ओभरसिज प्रालिका लक्ष्मण पौडेल बिजयी हुनुभएको छ ।


प्रकाशित | ८ आश्विन २०७६, बुधबार १६:२९