कोपा अमेरिका फुटबल: उरुग्वेको शानदार सुरुवात

एजेन्सी : कोपा अमेरिका फुटबलमा उरुग्वेले शानदार सुरुवात गरेको छ । प्रतियोगिताको सबै भन्दा सफल टोली उरुग्वेले सोमबार बिहान सकिएको खेलमा इक्वेडरलाई ४–० ले हराएको हो ।

पहिलो हाफमै ३–० ले अघि बढेको उरुग्वेले दोस्रो हाफमा एक गोल उपहार पाएको थियो । १० खेलाडीमा सिमित इक्वेडरमाथि उरुग्वेले सहज जित हात पारेको हो । उरुग्वेको जितमा ईडिन्सन काभानी र लुईस स्वारेजले गोल गर्न सफल रहे । अर्को गोल निकोलस लोदेईरोको नाममा रह्यो ।

२४ औ मिनेटमा जोसे किन्टोस रातो कार्ड खादै मैदान बाहिरिएपछि इक्वेडर १० खेलाडीमा सिमित भएको थियो । लोदेईरोले खेलको छैटौ मिनेटमा उरुग्वेलाई अग्रता दिलाएका थिए । ३३ औ मिनेटमा काभानीले उरुग्वेको अग्रतालाई दोब्बर पारेका थिए । ४४ औ मिनेटमा स्वारेजले उरुग्वेलाई ३–० को स्थितीमा पुर्रायाएका थिए । अतुर्रो मिनाले ७८ औ मिनेटमा आत्मघाति गोल गरेपछि उरुग्वे ४–० विजयी बनेको थियो । समुह सीमा रहेको उरुग्वेले जितपछि ३ अंक जोडेको छ ।


प्रकाशित | २ असार २०७६, सोमबार ०८:१५