सुनको भाउ १५ सयले बढ्यो

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ । आज अघिल्लो दिनको तुलनामा सुन १ हजार ५ सय र चाँदी ५ रुपैयाँले बढेको हो । बजारमा आज छापावाला सुन प्रतितोला ६१ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ६० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । उता चाँदी प्रतितोला ७ सय ५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।


प्रकाशित | १७ जेष्ठ २०७६, शुक्रबार ११:४२