रास्वपाले टुंग्यायो समानुपातिक सांसद (सूचीसहित)

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदको टुंगो लगाएको छ।
आज बसेको केन्द्रीय समितिको बैठकले समावेशिताको सिद्धान्तका आधारमा बन्द सूचीमा अग्रस्थानमा रहेकाहरूलाई छनोट गरेको हो ।रास्वपाका १३ जना समानुपातिक सांसद यस प्रकार छन् ।

दलितः सन्तोष परियार, शिव नेपाली

आदिवासी/जनजाति :डा.ढाकाकुमार श्रेष्ठ,इन्दिरा रानामगर,सुमना श्रेष्ठ

खस आर्य : डा.चन्दा कार्की,डोलप्रसाद अर्याल,विनीता कठायत,निशा डाँगी

मधेसी : लक्ष्मी तिवारी,मनिष झा

थारु : अशोककुमार चौधरी,

मुस्लिम : असिम शाह


प्रकाशित | २४ मंसिर २०७९, शनिबार १९:३०