शेयर बजारमा सामान्य सुधार

काठमाडौं : साताको तेस्रो दिन आज (मंगलबार ) शेयर बजारमा सामान्य सुधार देखिएको छ । तर कारोबार रकममा भने बृद्धि हुन सकेको छैन । विगतका दिनमा खर्बमाथि कारोबार हुने शेयर बजार करोडैमा सिमित बनेको छ । आज नेप्से मापन गर्ने सूचक २.५३ अंकले बढेर १३०५.४९ बिन्दुमा रोकिएको छ ।

१६४ कम्पनीको २४ लाख १२ हजार ९६२ कम्पनीको ७५ करोड ६८ लाख ९१ हजार ६१३ रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार ११ समूहको कारोबारमा ६ वटा समूहको कारोबारमा सुधार देखिएको हो । बाँकी समूहको कारोबारमा भने गिरावट देखिएको छ ।

त्यस्तै, आज बैंकिङ समूहको उपसूचक १.७९, डेभलपमेन्ट बैंक १७.७६, वित्त ३.३४, उत्पादन तथा प्रशोधन ३३.४७, अंकले बढेको छ । कारोबार रकमको आधारमा शिवम् सिमेन्टको १६ करोड ४४ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । यस्तै प्रभु बैंकको पनि १६ करोड १६ लाख ६७ हजार रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।

त्यसैगरि ज्योति विकास बैंक,रिलायन्स फाइनान्स, शिवम् सिमेन्ट, स्पर्श लघुवित्त वित्तीय संस्था, कन्काई विकास बैंकका लगानीकर्ताले कमाउँदा माउन्टेन हाईड्रो, जोशि हाईड्रोपावर, हिमालयन डिस्ट्रिलरीका लगानीकर्ताले भने गुमाएका छन् ।


प्रकाशित | १४ जेष्ठ २०७६, मंगलवार १८:१६