पोर्चुगललाई हराउँदै कोरिया नकआउट चरणमा प्रवेश

एजेन्सी -दक्षिण कोरिया कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

एजुकेसन सिटी स्टेडियममा शुक्रबार राति पोर्चुगललाई २-१ गोलले हराउँदै दक्षिण कोरिया नकआउट चरणमा पुगेको हो ।पोर्चुगलविरुद्ध दक्षिण कोरियाले पुनरागमन गर्दै जित निकालेको हो ।

खेलको पाँचौं मिनेटमा रिकार्डो होर्टाले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको २७ औं मिनेटमा किम योङ जीओनले गोल गर्दै कोरियालाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।

त्यसपछि खेलको इन्जुरी समयमा ह्वाङ हि चानले गोल गर्दै कोरियालाई २-१ को जित दिलाए । यस जितसँगै कोरिया समूह ुएचु को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

पोर्चुगलले ३ खेलमा ६ अंक जोड्यो भने कोरियाले ३ खेलमा ४ अंक जोड्यो । हारको बाबजुत पोर्चुगल समूह विजेता बन्दै नकआउट चरणमा पुगेको छ ।


प्रकाशित | १६ मंसिर २०७९, शुक्रबार २२:५८