सर्लाहीको हरिपुर नगरपालिका कार्यालयमा बम विस्फोट

सर्लाही: सर्लाहीको हरिपुर नगरपालिका कार्यालयमा आल्मुनियम बम विस्फोट भएको छ । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले कार्यालयमा विष्फोट भएको हो । विस्फोटका कारण चार मिटर पर्खाल भत्किनुका साथै कार्यालयको तीनवटा झ्यालको सिसा फुटेको नगर प्रमुख जमरुद्दिन मन्सुरले जानकारी दिनुभयो । विप्लव नेतृत्वको माओवादीले सोमबारको बन्दलाई लक्षित गर्दै बम विस्फोट गराएको हुनसक्ने अनुमान गरिएको छ ।


प्रकाशित | १३ जेष्ठ २०७६, सोमबार १३:०१