जोमसोम विमानस्थलको स्तरोन्नति सुरु

मुस्ताङ: मुस्ताङको सदरमुकामस्थित जोमसोम विमानस्थलमा स्तरोन्नतिको काम शूरु गरिएको छ । विमानस्थलको धावनमार्ग (रनवे) को ग्रेड सुधार र कालोपत्र थप गर्न लागिएको हो । नागरिक उड्डयन प्राधिकरणले आठ सय १५ मिटर रनवेमध्ये २१५ मिटरको ग्रेड सुधार गर्ने जनाएको छ । आयोजना प्रमुख कृष्णप्रसाद पौडेलका अनुसार ग्रेड नमिलेकाले जमिन काटेर लेभल (तह) मिलाउन लागिएको हो । अहिले तीन सेन्टिमिटर बाक्लो पिच भएको धावनमार्गमा थप चार सेन्टिमिटर कालोपत्र थप गरिने प्रमुख पौडेलले जानकारी गराउनुभयो ।


प्रकाशित | २६ बैशाख २०७६, बिहीबार १२:३६