कास्की–२ मा एमालेकी विद्या भट्टराई विजयी

काठमाण्डौ : कास्कीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर–२ बाट एमालेका विद्या भट्टराई विजयी हुनुभएको छ । 

उहाँ १६ हजार ९९८ मतसहित विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कंडेलले १२ हजार ४९५ मत प्राप्त गर्नुभयो । 

सत्तारुढ गठबन्धनबाट उम्मेदवार नेकपा एकीकृत समाजवादीका श्रीनाथ बराल ९ हजार ६५९ मतसहित तेस्रो स्थानमा रहनु भयो ।

विद्या यसअघि सोही क्षेत्रबाट सांसद जितेका रवीन्द्र अधिकारीको हवाई दुर्घटनामा मृत्यु भएपछि भएको उपचुनावमा निर्वाचित हुनु भएके थियो । विद्या स्वर्गीय रवीन्द्र अधिकारीकी पत्नी हुनुहुन्छ ।


प्रकाशित | ८ मंसिर २०७९, बिहीबार ०६:५९