नेपालमा थप २ सय ७३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुग्यो

काठमाडौं : नेपालमा थप २७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो चौबिस घन्टामा गरिएको कोरोना परीक्षणको क्रममा २४७ पुरुष र ३६ जना महिला गरि २७३ जना कोरोना संक्रमित थपिएका हुन ।

यो सँगै नेपालमा कुल संक्रमीतको संख्या ५ हजार ३ सय ३५ पुगेको छ । जसमा ४ हजार ९ सय ४९ जना पुरुष र ३८६ महिला रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप ३६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ९१३ पुगेको छ। जसमध्ये पुरुष ८२२ र महिला ९१ जना छन्।

कुल संक्रमितमध्ये १८ जनाको मृत्यु भएको छ। प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७२ जिल्लामा संक्रमण देखिएको छ।


प्रकाशित | ३१ जेष्ठ २०७७, शनिबार १६:२५