सबै पार्टीका इमानदार नेता कार्यकर्ताले मत दिनुहुन्छ भन्नेमा ढुक्क छु: बालकृष्ण शिवाकोटी

दोलखा : नेकपा एमालेका तर्फबाट दोलखा जिल्लामा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बालकृष्ण शिवाकोटीले आफू एमालेबाट उम्मेदवार भएपनि सबै पार्टीका इमानदार नेता कार्यकर्ताले मत दिनेमा ढुक्क रहेको बताउनु भएको छ ।

जिल्लाको समग्र विकास र आर्थिक समृद्धिको लागि आफ्नो उम्मेदवारी भएको बताउनुहुँदै उम्मेदवार शिवाकोटीले सबै पार्टीका इमानदार नेता तथा कार्यकर्ताले निर्धक्क रुपमा आफ्नो पक्षमा मतदान गर्नेमा ढुक्क रहेको बताउनुभएको हो ।

उम्मेदवार शिवकोटीले दोलखामा हत्या हिंसा मच्याउँदै आएको पार्टीको उम्मेदवारलाई नभई आर्थिक समृद्धि र रुपान्तरणको एजेन्डा लिएर आएको योग्य ब्यक्तीलाई जनताले विजयी गराउने बताउनुभयो ।

जनताहरु सचेत भइसकेको बताउँदै उहाँले पार्टीगत स्वार्थ भन्दा माथि उठेर दोलखाका कांग्रेस, समाजवादी र माओवादीका नेता तथा कार्यकर्ताले आफूलाई मत दिने कुरामा विश्वस्त रहेको उल्लेख गर्नुभयो । ‘यो पटक कांग्रेस नेता कार्यकर्ताले मत दिने ठाउँ छैन, त्यसैले यो पटक मत खेर नफाली मलाई अवसर दिनुहुन्छ भन्नेमा ढुक्क छु’, उहाँले भन्नुभयो ।

माओवादीको एउटा परिवार भित्रको सीमित घेरामा रहेको राजनीतिले जनताको प्रतिनिधित्व गर्न नसक्कने भन्दै आफू विजयी भए जिल्लाको शिर उच्चो हुने गरि काम गर्ने बताउनुभयो ।


प्रकाशित | २९ कार्तिक २०७९, मंगलवार २२:०५