संसद् विघटनविरुद्ध १४९ सांसदसहित पाँच दल सर्वोच्च अदालत जाने

काठमाडौं । संसद विघटनविरुद्ध विपक्षी दलहरु अदालत जाने भएका छन् । प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई समर्थन गरेर राष्ट्रपतिसमक्ष हस्ताक्षर बुझाएका पाँचै दलका सांसद र अन्य नेताहरुले सर्वोच्च अदालत जाने निर्णय गरेका हुन ।

कांग्रेस सभपाति शेर बहादुर देउवा, नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल, एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, जसपका अध्यक्ष उपेन्द्र यादव र राष्टिय जनमोर्चाकी दुर्गा पौडेलले संयुक्त बिज्ञप्ति जारी गर्दै अदालत जाने निर्णय गरेका हुन ।

विपक्षी गठबन्धनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर राष्ट्रपतिले असंवैधानिक रुपमा संसद विघटन गरेको ठहर समेत गरेका छन् ।


प्रकाशित | ८ जेष्ठ २०७८, शनिबार १५:०१