नेपालमा विद्यार्थीलाई विदेश पठाएर पैसा कमाउने धन्दा चलिरहेको छ: अध्यक्ष ओली

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कलेज संचालन गर्न नदिएर विद्यार्थीलाई विदेश पठाएर पैसा कमाउने धन्दा चलिरहेको बताउनुभएको छ । एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले शिक्षा र स्वास्थ्य क्षत्रमा व्यापार गरिरहेको बताउनुभयो ।

अध्यक्ष ओलीले डा गोविन्द केसीलाई लक्षित गर्दै एक जनाले सुत्दम भन्दा सरकार डरले थरथर हुने गरेको आरोप लगाउनुभयो । उहाँले एक थरी विद्यार्थी बाहिर पठाउने गिरोहले फेसबुकमा क्याम्पेन चलाउने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा स्वास्थ्य तथा इन्जिनियर पठाउनका लागि कलेजका भवन भनाएका छन् । तर ती कलेजलाई अनुमति दिएको छैन । नेपालमा स्वास्थ्यको विश्वविद्यालय हुनुपर्छ, नेपालमा मेडिकल कलेज खोल्नु पर्ने हो । तर त्यसलाई रोक्न लागेका छन् । विदेशमा विद्यार्थी पठाएर पैसा खानेको समुह छ । विद्यार्थीलाई बाहिर पठाउने व्यापार बढेको छ । स्वास्थ्य तथा इन्जिनियरको लागि भवन भनेका छन् । तर स्वीकृत दिएको छैन । स्वास्थ्य शिक्षाको हब बनाऊँ भन्यो भने एक जना भन्छ, हस्पिटल खोल्ने ? सुत्दिम त ?  नखाई बस्दिम् त ? भनेपछि सरकार थरर । एक थरी विद्यार्थी बाहिर पठाउने गिरोहले फेसबुकमा क्याम्पेन चलाउँछन् । इन्जिनियर र डाक्टर एजुकेसन चलाउन पाइँदैन भन्छन् ।’


प्रकाशित | २५ चैत्र २०७८, शुक्रबार १५:५४