कोटेश्वरमा शंकास्पद वस्तु फेला

काठमाडौं : काठमाडौंको कोटेश्वरमा शंकास्पद वस्तु भेटिएको छ । कोटेश्वर चोक नजिकै शंकास्पद झोला भेटिएपछि नेपाली सेनाको टोली पुगेको छ ।शंकास्पद वस्तु भेटिएको र त्यसको पहिचान गर्ने काम भइरहेको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी गोविन्द काफ्लेले जानकारी दिए ।कोटेश्वर चोकदेखि तीनकुनेतर्फ सडकदेखि बाहिर मिनी ट्रकहरु पार्क गरी राख्ने ठाउँमा शंकास्पद झोला भेटिएको हो ।

शंकास्पद वस्तु भेटिएका कारण प्रहरीले तीनकुनेदेखि कोटेश्वर चोकतर्फ जाने सडक खाली गराएको छ । गाडीहरुलाई तीनकुने र कोटेश्वर चोकमा रोकिएको छ ।कोटेश्वरबाट तीनकुनेतर्फ आउने गाडीहरु भने चलेका छन् । शंकास्पद वस्तु भेटिएपछि कोटेश्वर( भक्तपुर हुदै चल्ने सवारी साधनलाई तिनकुने र कोटेश्वर चोकबाटै डाईभर्सन गरिएको छ


प्रकाशित | २३ बैशाख २०७६, सोमबार २०:०४