१५ यूरोपेली राष्ट्रले कोभिशिल्डलाई मान्यता दियो

काठमाडौं । विश्व स्वास्थ्य संगठन(डब्ल्यु एच ओ) की प्रमुख वैज्ञानिक सौम्य स्वामीनाथनले कोभिड–१९ बिरुद्धको कोभिशिल्ड खोपलाई यूरोपेली संघ अन्तगर्तको १५ राष्ट्रले मान्यता दिएको बताउनुभएको छ । बेलायतको आष्ट्राजेनेका बिकास गरेको कोभिशिल्ड खोप भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको हो । संगठनकी प्रमुख वैज्ञानिक स्वामीनाथनले ट्वीट गर्दै यूरोपेली संघका १५ राष्ट्रले अब कोभिशिल्डलाई मान्यता दिएको खुलाउनुभएको छ ।

शुक्रबार बेल्जियमले कोभिशिल्ड खोप लगाएकालाई मान्यता दिने निर्णय गरेको थियो । उसले कोभिशिल्डलाई मान्यता दिदा कोभ्याक्समार्फत् सहुलियतमा खोप पाउन लागेका नेपाल, भुटान, श्रीलङ्का, माल्दिभ्स, बङ्गलादेश लगायतका राष्ट्रका नागरिक पनि लाभान्वित हुने जनाएको छ ।


प्रकाशित | २७ असार २०७८, आईतवार ०७:३४